Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले सांसदलाई बोलाए बालुवाटार

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन् ।

नवनिर्वाचित सांसदहरुसँग बधाई साँटासाँट गर्नका लागि सभापति देउवाले आज दिउँसो ३ बजे बोलाएका हुन् ।

बधाई साँटासाँटका साथै आजै संसदीय दलको निर्वाचनबारे पनि सभापतिले सांसदहरुसँग छलफल गर्ने छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिहेका बेला सभापति देउवाले सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077