Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • कांग्रेस नेता प्रदीप पौडेलले भने – चुनाव असाध्यै खर्चिलो भयो, नीतिगत भ्रष्टाचार रोकौँ

    कांग्रेस नेता प्रदीप पौडेलले भने – चुनाव असाध्यै खर्चिलो भयो, नीतिगत भ्रष्टाचार रोकौँ

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 714
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनाव असाध्यै खर्चिलो भएको बताएका छन् । शुक्रबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले पैसा हुनेले मात्रै जित्ने अवस्था आएको बताएका हुुन् ।

    उनले भने, ‘चुनाव असाध्यै धेरै खर्चिलो भयो। पैसा हुनेले मात्रै जित्ने भयो भन्नुको अर्थ एजेण्डाले मात्रै चुनाव नजितिने रहेछ । उम्मेदवारले कति खर्च गर्नसक्ने त्यसको आधारमा मत पाउने स्थिती भयो। खर्च बढेको हो ।’



    खर्च गरेर चुनाव जितेकाले खर्चभन्दा दोब्बर तेब्बर उठाउनतिर लागेपछि भ्रष्टाचार बढको बताए । उनले विकास भएर मात्रै नहुने उल्लेख गर्दै दिगो हुनुपर्ने र नीतिगत भ्रष्टाचार रोक्न सक्नुपर्ने बताए ।



    उनले राजनीतिले पात्र, प्रवृत्ति र एजेण्डाको परिवर्तन खोजेको बताए । उनले मतदाता एक छाक मासु भातमा बिकेको पनि आरोप लगाएका छन् ।

    सहरी क्षेत्रमा जनता सचेत भए पनि सहरबाहिर गएपछि एक छाक मासुभातमा मतदाता बिक्ने गरेको उनले बताएका हुन् । उनले खर्च गरेर निर्वाचन जित्ने प्रणाली विकास भएसँगै खर्च उठाउनका लागि भ्रष्टाचार बढेको पनि आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार