Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न रोक

काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ।

समानुपातिक सांसद चयनमा नेतृत्वले पूर्वाग्रह राखेर आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै विवादमा आएको सो पार्टीमा असन्तुष्टिलगायत अरू विषय बोल्न निषेध गरिएको हो।

सांसद पदको शपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यमलगायत सार्वजनिक रूपमा अभिव्यक्तिमा पार्टीले प्रतिबन्ध लगाएको हो।

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ।

थप विवाद बाहिर नआओस् भनेर मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ।

सांसदहरूका पछिल्ला अन्तर्वार्ता विवादित भएपछि सभापति रवि लामिछानेले नबोल्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077