Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एलन मस्कको बारेमा रिपोर्ट गर्ने अमेरिकी पत्रकारका ट्वीटर एकाउन्ट बन्द

एजेन्सी । ट्विटरका नयाँ प्रमुख कार्यकारी एलन मस्कबारे रिपोर्ट गर्ने धेरै प्रमुख पत्रकारहरूलाई प्लेटफर्मबाट निलम्बन वा प्रतिबन्ध लगाइएको आरोप लागेको छ।

प्रतिद्वन्द्वी सोशल मिडिया कम्पनी मास्टोडनमा ट्विटर छोडेर गएका कर्मचारीहरूको ट्विटर खाता पनि निलम्बन गरिएको आरोप लागेको छ ।

मस्कले ट्विटरमा आफ्नो वास्तविक समय र स्थान सेयर गर्न निषेध गरिएको भन्दै आरोप लगाएका पत्रकारहरूले 'हत्याको समन्वय'का लागि आफू रहेको स्थान सेयर गरेको भनेका छन् ।

पत्रकारहरुका एकाउन्ट बन्द गरिएको बारे मस्क र ट्वीटर दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।

पत्रकारहरुको एकाउन्ट बन्द गरेपछि अब ट्वीटरको भविष्यमा नै प्रश्न उठ्न थालेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

वाक स्वतन्त्रताको वकालत गर्ने मस्कले आफ्नै प्लेटफर्ममा प्रतिबन्ध लगाएको भन्दै उनको आलोचना समेत गरिएको छ । मस्कले ट्वीटरमा आलोचना गर्न छुट हुने बताउदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077