Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कटुवा पेस्तोलसहित सिरहाबाट एक युवक पक्राउ

सिरहा । प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही पालिका वडा नम्बर ३ का २२ वर्षीय विन्दे भन्ने सावनकुमार दास रहेका छन् । दासलाई प्रहरीले सिरहाको बिष्णुपुर गाउँपालिकाबाट पक्राउ गरेको हो ।

दुई दिनअघि सोही गाउँमा भएको एक वैवाहिक कार्यक्रमबाट चोरी भएको मोटरसाइकल खोजतलासको क्रममा प्रहरीले दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाएको कटुवा पेस्तोलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मोटरसाइकल चोरीको आरोप लागेपछि उनको घरमा प्रहरीले तलासी गरेको थियो।

दासमाथि हतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077