Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

बाजुरा । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा बच्चा जन्माएकी हुन्।

गौमुल गाउँपालिकाबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुँदा अछाम रिफर गरिएको थियो। बयलपाटा नपुग्दै बाजुराको बार्जुगाडमा बच्चा जन्माएको अनमी रमा रोकायाले बताईन् ।

बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्तादेखि चिकित्सक नहुदा जटिल खाले गर्भवतीलाई रिफर गर्ने गरिएको थियो। अस्पतालमा चिकित्सक नहुँदा अछाम रिफर गरेर लैजाँदै गर्दा बाटोमै बच्जा जन्मिएको थियो।

तालिम प्राप्त चिकित्सक डा. सुनिलकुमार शाह, डा. बिपुल चौधरी र डा. जस्मिता बलमपाकी बिदामा गएपछि बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत डा. दिपेन्द्र बुढा पनि बिदामा छन्। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077