Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे बलिउड अभिनेता विवेक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बलिउड अभिनेता विवेक ओबरायबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार साँझ खुमलटारमा भेटवार्ता भएको हो ।

प्रचण्डलाई भेट्न विवेकसँगै उनका बुवा सुरे ओबराय पनि खुमलटार पुगेका थिए । सपरिवारसहित ओबराय हिजो साँझ नेपाल घुम्न आएका थिए ।

बुबाआमा, पत्नी र छोराछोरीसहित नेपाल आएका ओबरायले बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेका थिए।

पशुपतिमा पूजाअर्चनापछि उनीहरु चन्द्रागिरि घुम्न गएका थिए । नेपाल रहँदा उनीहरुले पोखरा, लुम्बिनी लगायत ठाउँमा घुम्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077