Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब १९ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

गत दुई कारोबार दिन अर्थात् मंगलबार र बुधबार २ अंकका दरले घटेको बजार आज भने १४.४८ अंकले घटेको छ।

बिहीबार नेप्से ०.७६ प्रतिशतले घटेर १८८२.६० बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ।

दुई सय ५४ वटा कम्पनीकाे ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनसीसी बैंकको प्रमोटर शेयर २२ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि रुरु जलविद्युत् परियोजना र इष्टर्न हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077