तनहुँ । तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-१० शिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको मृत्यु भएको हो ।
बुधबार बेलुका करिब साढे ९ बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमती शुशिला वि.कले श्रीमान् मनबहादुरको टाउकोमा ढुङ्गाले हान्दा गम्भीर घाइते भएका थिए ।
उनको बेलचौतरास्थित जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनामा संलग्न श्रीमती शुशिलालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply