Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

    यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 861
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ ।

    समयमै काम नसक्ने तथा आपूर्ति नगर्ने १३ वटा कम्पनीलाई १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालो सूचीमा राखिएको हो ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको छ ।



    कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार