Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज काठमाडौं महानगरपालिकाको सम्पूर्ण सेवा बन्द

काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ ।

२८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागेको भन्दै महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने भएका हुन् ।

महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ ।

‘काठमाडौं महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।

आज महानगरले २८ औं महानगर दिवस विशेष समारोहसहित मनाउने कार्यक्रम राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077