Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष अदालतको फैसला चित्त नबुझेपछि फेरि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग फेरि सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेको छ ।

यसअघि पनि विशेष अदालतको फैसलाउपर चित्त नबुझाएर पुनरावेदनका लागि सर्वोच्च गएको अख्तियार बुधबार थप सात वटा मुद्दा बोकेर सर्वोच्च अदालत पुगेको हो ।

आयोग राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानि नोक्सी र घुस रिसवतसम्बन्धी सात वटा मुद्दाको पुनरावलोकनका लागि सर्वोच्च गएको हो ।

यसअघि मंसिर १ गते नौ र मंसिर १९ गते तीन वटा मुद्दाको पुनरावेदनका लागि आयोगले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

आयोगको मंगलवारको बैठकले पुनरावेदनको निर्णय गरेको हो । विशेष अदालतको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जनाइएको छ ।

राजस्व चुहावटको मुद्दामा मनोजकुमार विक समेतलाई सफाइ दिएको, घुस लेनदेन मुद्दामा छेदिलाल शाह सोनारमाथिको आरोपदाबी नपुग्ने फैसला भएको, घुस लेनदेन मुद्दामा लुद्रबहादुर केसी र राजेशबहादुर द्वाललाई सफाइ दिएको, घुस मुद्दामा राम औतार चौधरी र रामप्रसाद रानालाई सफाइ दिएको,

रकम हिनामिना मुद्दामा लालकुमार झा, पवनकुमार महतो र गेहुप्रसाद डंगौरालाई सफाइ दिएको, घुस मुद्दामा सन्दिप पौडेल र विक्रम बस्नेतलाई सफाइ दिएको, घुस मुद्दामा हरिप्रसाद चौधरी, विशेश्वरप्रसाद साहु, आनन्दलालप्रसाद साह समेतलाई सफाइ दिएकोविरुद्ध अख्तियारले सर्वोच्चमा मुद्दा दायर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077