Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीका महासचिव गुरुङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, वाम गठबन्धनबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच भेटवार्ता भएको छ ।

मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला उनीहरुबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको हो । माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ ।

वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र भने पछिल्लो समय एमालेसँग सघन वार्तामा जुटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077