Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, नयाँ सरकारमा सहभागीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटवार्ता भएको हो ।

भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ठाकुरले पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उल्लेख गरे । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077