Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवादास्पद अध्यादेश तत्काल खारेज गर्न नेपाल प्रहरीका पूर्वआईजीपीहरूको माग

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकहरुले तत्काल अध्यादेश फिर्ता लिन अनुरोध गरेका छन् । मंगलवार बसेको पूर्वप्रहरी प्रमुख (आईजीपी) हरूको बैठकले उक्त अध्यादेश फौजदारी न्याय प्रणालीको मर्मविपरीत रहेको भन्दै फिर्ता लिन माग गरेको हो ।

पूर्व प्रहरी महानिरीक्षक श्यामभक्त थापाको निवासमा बैठक बसेको बैठकले उक्त अध्यादेश संविधानको मर्म प्रतिकूल रहेको, सर्वोच्च अदालतबाट जारी निर्णय तथा नजिरहरूको बर्खिलाप रहेको, फौजदारी न्याय प्रणालीको समेत विपरीत रहेको ठहर गरेको छ ।

पूर्वप्रहरी प्रमुखहरूले अध्यादेश जारी गर्दा यसबाट बहालवाला तथा निवर्तमान सुरक्षाकर्मी र उनका परिवारहरूलाई हतोत्साही र निरास बनाएको भन्दै अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । निर्णयमा नेपाल प्रहरीका हित विपरीतका सबै क्रियाकलाप र निर्णयहरुको आगामी दिनमा पनि विरोध गर्दै जाने व्यहोरा पनि जानकारी गराइएको छ ।

बैठकमा पूर्वप्रहरी महानिरीक्षकहरू मोतिलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, श्यामभक्त थापा, रमेशचन्द ठकुरी, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सवेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077