Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यादेशको पक्षमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न ल्याउन लागिएको अध्यादेश फिर्ताको माग गर्दै नागरिक अगुवाहरूले प्रर्दशन गरेलगत्तै नागरिक उन्मुक्तिले पक्षमा प्रदर्शन गरेको हो ।

प्लेकार्डसहित माइतीघरमा भेला भएका नागरिक उन्मुक्ति पार्टी समर्थकले रेशम चौधरीको रिहाइको माग गरेका छन् ।

सरकारले रेशम चौधरीलगायतलाई छुटाउन आइतवार अध्यादेश जारी गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरी रिहा हुनुपर्ने शर्त राखेपछि सरकारले उनलाई रिहा गर्न अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077