काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ।
सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ।
आज बैंकिङबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीकाे ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छ ।
सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सोमबार कारोबार भएकोमध्ये यस्तै नेपाल दूरसञ्चार कम्पनी, धौलागिरी लघुवित्त, आदर्श लघुवित्त, ग्रीन डेभलोमेन्ट लगायतका सेयर मूल्य बढेको छ।