काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण माग गरेकाे छ।
जिल्ला सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ को निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूको विवरण पठाउन निर्देशन दिएका हुन्।
सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुसभित्र जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।