Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीका नेता कार्यकर्ता नुन खाएका कुखुरा जस्ता भए, जनयुद्धमा जस्तो जुनुन छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपालले आइतवार ललितपुरमा आयोजना गरेको केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको दाबी गरेका हुन् ।

उनले भने, ‘माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरि अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।’ यस्तै उनले सम्बोधनका क्रममा जनयुद्धमा जस्तो माओवादीमा अहिले ऊर्जा नभएको पनि बताएका छन् ।

'माओवादीका नेता कार्यकर्ता सबै नुन खाएका कुखुरा जस्ता भए । साथीहरुसँग विश्वास छैन। जनतासँग विश्वास छैन। जनयुद्धमा जस्तो जुनुन नै छैन अहिले',उनले भने, 'तल र बाहिर जाँदा पार्टीको पक्षमा र पार्टीको लाइनको डिफेन्स गर्ने अवस्था छैन। हामीले त्यसो गर्न सकिन्छ कि सकिँदैनरु माओवादी पार्टी पनि अरु जस्तै भएको गुनासो छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077