Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते

    जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 750
    SHARES

    फाइल फोटो

    झापा । जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् ।

    घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका छन् ।



    दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ ।



    प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलथल जंगली हात्तीबाट हात्ती निस्किएका थिए ।

    गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार