Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखाको चेपे 'ए' हाइड्रोमा तोडफोड र आगजनी, करोडौं क्षति भएको अनुमान

गोरखा । गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माणधीन चेपे 'ए' जलविद्युत् आयोजनामा स्थानीयहरुले तोडफोड र आगजनी गरेका छन् ।

हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले शनिबार केही सवारी साधनसहित हाइड्रोको कार्यालयमा आगजनी गरेका हुन् ।

लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले काम रोक्न आग्रह गर्दै आएका थिए ।

राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको स्थानीय बासिन्दाको टोलीले तोडफोड र आगजनी गरेको आयोजना पक्षको भनाइ छ ।

आक्रोशित राइनासटारवासीले आयोजानको दुई वटा मिनीट्रक, एउटा एक्साभेटर तथा कर्मचारीको अस्थायी आवासगृहमा आगो लगाइदिएका हुन् ।

कार्यालयभित्रका फर्निचरमा पनि तोडफोड गरिएको आयोजनाको निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष डाक्टर हरिराम पराजुलीले जानकारी दिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट टोली पुगेर क्षतिको यकिन विवरण संकलनको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077