Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्ड भन्छन् - म पनि युवाकालको खेलाडी हुँ, खेलप्रति रुची धेरै छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् ।

शनिवारदेखि काठमाण्डौको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने बताए ।

उनले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुचि रहेको पनि उल्लेख गरे ।

‘मैले आफ्नो जीवनमा पहिलोपटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दैछु । म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुचि रहेको छ । भर्खरै नेपालम नवौं राष्ट्रिय खेलको आयोजना पनि भयो । त्यसमा पनि रग्बीलाई एउटा खेलको रुपमा प्रतियोगितामा सामेल गरिएको थियो,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077