Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा.मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।

केही बेरमा पार्टीले पारित गरेको नाम निर्वाचन आयोगलाई बुझाउने उनले जानकारी दिए । समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो।

यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्:

दलित

१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी/जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

मधेसी

१. लक्ष्मण तिवारी

२. मनिष झा

थारु

१. अशोककुमार चौधरी

दलित महिला

१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला

१. विनीता कठायत

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077