Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ सांसद टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बस्न लागेको हो । बैठकमा मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गरिनेछ।

शुक्रबारका लागि तोकिएको बैठक तयारी नपुगेको भन्दै शनिबारका लागि स्थगित गरिएको थियो । एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ।

त्यस्तै, प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ सिट पाएको छ।

कूल सदर मतमध्ये एमालेले ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेको छ । शनिबार अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्टरअनुसार सांसदको नाम पठाउनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077