Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब छिट्टै गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले अहिले सरकारमा रहेका दलहरूकै गठबन्धनमा अब छिट्टै सरकार गठन हुने दाबी गरेका छन् ।

शुक्रबार भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले अब पनि अहिले सरकारमा रहेका दलहरूको गठबन्धनमा सरकार गठन हुने दाबी गरेका हुन्।

खाणले अब बन्ने नयाँ सरकारले उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्ने दाबी गरे ।

गृहमन्त्री खाँणले उद्योगी–व्यवसायी राष्ट्रको मेरुदण्ड भएकोले उद्योगी व्यवसायीका सवालमा सरकारले सधैं सकारात्मक सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077