Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वतन्त्र सांसद फकाउँदै प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद विजयी भएका छन् ।

सत्तारूढ गठबन्धन सरकार गठनको आन्तरिक तयारीमा रहेकै बेला माओवादी केन्द्र अध्यक्ष प्रचण्डले स्वतन्त्र सांसद प्रभु साहसँग भेटघाट गरेका छन् । साह समूहबाटै विजय सांसद किरण साहका साथै सोही समूहसँग नजिक रहेका अर्का स्वतन्त्र सांसद अमरेश सिंहसमेत एकैठाउँ उभिएपछि प्रचण्ड उनीहरूसँग ‘अब गठन हुने सरकारलाई समर्थन गर्न’ आग्रह गरिरहेका छन् ।

ललितपुर खुमलटारस्थित निवासमा बिहीबार प्रचण्ड, साहका साथै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच छलफल भएको छ ।

‘समसामयिक राजनीतिकका साथै अब गठन हुने सरकारबारे छलफल भयो । आउने दिन मिलेर अगाड बढ्न अध्यक्षज्यूले आग्रह गर्नुभयो,’ प्रचण्ड सचिवालयले भन्यो, ‘उहाँहरू यसमा सकारात्मक देखिनुभएको छ ।’ संघीय सरकार गठनका लागि सत्तारूढ र प्रतिपक्षी दुवै गठबन्धनलाई बहुमत पुगिरहेको छैन । सोही कारण स्वतन्त्र सांसदसमेतको सरकार गठनका लागि महत्वपूर्ण भूमिका देखिन्छ ।

प्रचण्डले यसअघि जनमत पार्टी अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं निवर्तमान सांसद रेशम चौधरीसँग भेटिसकेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077