Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बागमतीमा एमालेलाई ठूलो धक्का, ६२ सिटबाट २७ मा खुम्चियो

काठमाडौं । मंसिर ४ गते संम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावबाट बागमती प्रदेशमा नेकपा एमाले खुम्चिएको छ।

२०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६२ सिट जितेको एमालेले यसपटक २७ सिट जितेको हो।

२०७४ सालको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४६ र समानुपातिकतर्फ १६ सिट जितेको थियो। एमालेले यसपटक प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेको छ।

प्रदेश सभामा एमाले खुम्चिँदा सरकार गठनका लागि सत्ता गठबन्धनलाई आरामदायी बहुमत प्राप्त भएको छ। १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गरी त्यहाँ ६५ सिट पुग्छ। बागमती प्रदेशमा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको छ।

यस्तै, माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिट जितेको छ। यस्तै एकीकृत समाजवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077