Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक सांसद चयनमा रविको पार्टीभित्र लफडा, केन्द्रीय कार्यालयमा खबरदारी

काठमाडौं। समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।

समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधिपूर्वक गर्नुपर्ने माग गर्दै कार्यकर्ताले पार्टी नेतृत्वलाई खबरदारी गरेका हुन् ।

मानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको आरोप छ ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनीहरूको भनाई छ ।

रास्वपाले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो । तर, प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकाहरूलाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा खबरदबारी कार्यक्रम गरिएको हो ।

सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई नेतृत्वलाई खबरदारी गरिएको बताए ।

डिजिटल डेमोक्रेसीको कुरा गर्ने पार्टी डिजिटलकै अवधारणा अनुसार चलोस् भन्नका लागि आफूहरूले दबाब दिएको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077