Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज धनगढी आउँदै

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउँदै छन् ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढी आउन लागेका हुन् । यो महोत्सवको १६औं संस्करण हो ।

देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको छ । कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ ।

२१ बुँदे माग सहित २१ किलोको माला लगाउँदै आएको आयोजकले यस पटक केही माग सम्बोधन भएको भन्दै १६औं संस्करणमा १६ बुँदे माग राख्न लागेको हो ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने सबै तयारी पुरा भइसकेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077