Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको निर्वाचन खर्च साढे ९ लाख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र न १ का उम्मेदवार पुकार बमले निर्वाचन खर्च सार्वजनिक गरेका छन्।

मंगलबार उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा साढे ९ लाख खर्च भएको विवरण बुझाएका हुन्।

काठमाडौं क्षेत्र नं १. निर्वाचन परिचालन समितीका संयोजक सुरज गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा बमले उम्मेदवारी घोषणा गरिएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्मको खर्च विवरण बुझाएको उल्लेख गरिएको छ।

उनले निर्वाचनमा जम्मा ९ लाख ५१ हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा खर्च गरेको विज्ञप्तिमा उल्लेख छ।

बमले काठमाडौं क्षेत्र न १बाट ४ हजार ११५ मत प्राप्त गरेका थिए। यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077