Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय दलको नेताका लागि कांग्रेसमा दौडधुप

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार डा. शशांक कोइरालासँग भेट गरे। दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गरे।

शशांक र अर्का नेता रामचन्द्र पौडेलबीच पनि मंगलबार नै भेटवार्ता भयो। वरिष्ठ नेता पौडेलले संसदीय दलको नेतामा आफूलाई सहयोग गर्न शशांकलाई आग्रह गरे।

सत्तासीन कांग्रेसमा दलको नेता बन्न नेताहरू दौडधुपमा छन्। कांग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भएकाले पनि संसदीय दलको नेता बन्न नेताहरूबीच तँछाडमछाड चलेको छ। पार्टीको महाधिवेशनलाई झल्को दिने गरी नेताहरू गुट निर्माणमा जुटेका छन्।

संसदीय दलको नेता बन्न कांग्रेसका आधादर्जन नेता सक्रिय रूपमा जुटेका छन्। पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, डा। शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा र प्रकाशमान सिंह संसदीय दलको नेता बन्न आन्तरिक तयारीमा जुटेका छन्। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077