Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा स्रोतमै फोहोर वर्गीकरण गर्ने काम स्थगित

काठमाडौं । झण्डै पाँच महिनाअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगित भएको छ ।

गएको साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै फोहोर उठाउन सुरु गरेको थियो ।

सुरुको एक दुई हप्ता योजना अनुसार काम भए पनि यसले निरन्तरता भने पाउन सकेन । महानगरका मेयर बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालले ठाउँ अभावका कारण यो कार्यले निरन्तरता पाउन नसकेको जानकारी दिए ।

खुला ठाउँको अभाव भएकाले केन्द्र सरकासँग एकै ठाउँमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन महानगरले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077