Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीलाई धक्का, राष्ट्रिय दल बन्न असफल

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका हुन् ।

थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।

तर २ लाख ९८ हजार ३९१ मत पाएर आठौं स्थानमा रहेको एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाएका कारण राष्ट्रिय दलको मान्यता नपाउने भएको छ ।

नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको हो । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।

राष्ट्रिय दल बन्नका लागि एकीकृत समाजवादीलाई १८ हजार ४११ मत अपुग भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077