Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेले भने– समाजवादी पार्टी छाड्नु परे राजनीति नै छोड्छु

काठमाडौं । मनाङ प्रदेश सभा (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी पार्टी नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार एकीकृत समाजावादी पार्टी रोजेका मनाङेले मंगलबार पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टी छाड्नु परेमा राजनीति नै छोड्ने उद्घोष गरेका हुन्।

कार्यक्रममा गुरुङको पार्टी प्रवेशबारे लिखित विज्ञप्ति वाचन गरिएको थियो । ‘राजनीति नि:सर्त गरिने जनसेवा हो । नि:सर्त गरिने जनसेवाका लागि एक्लै होइन, संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ । त्यही भएर म नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेँ’, गुरुङले विज्ञप्तिमा भनेका छन् ।

उनले आफू गण्डकी प्रदेशको मन्त्री भएको र काम गर्नका लागि पार्टी आवश्यक पर्ने भएकाले नेकपा एकीकृत समाजवादी रोजेको प्रष्ट पारे।

हिजोमात्रै मनाङे सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष माधव नेपालले आफ्नो निवासमा स्वागत गरेका थिए । त्यसको भोलिपल्ट आज पार्टीले आधिकारिक रुपमा पत्रकार सम्मेलन गरेर उनलाई स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077