Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाइको हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

एजेन्सी । भारतको झारखण्डको खुन्ती जिल्लामा २० वर्षीय युवकले २४ वर्षीय दाइको हत्या गरेको घटना सार्वजनिक भएको छ । हत्यापछि अभियुक्तले टाउको काटेर सेल्फी लिएको प्रहरीले जनाएको छ ।

मृतकका बुबा दसाई मुण्डाले डिसेम्बर २ मा यस सम्बन्धमा एफआईआर दर्ता गरेका थिए। त्यसपछि प्रहरीले गत आइतबार मुख्य अभियुक्त र उनकी श्रीमतीसहित ६ जनालाई पक्राउ गरेको छ।

छोरा कतै नभेटेपछि बुबाले भोलिपल्ट एफआइआर दर्ता गराएका थिए । आरोपितलाई पक्राउ गरेपछि कुमाङ गोप्ला जङ्गलमा मृतकको शरीर र त्यसबाट १५ किलोमिटर टाढा दुल्वा तुङ्दी क्षेत्रमा टाउको फेला परेको प्रहरीले जनाएको छ ।

हत्याको मुख्य कारण मृतकका परिवार र अभियुक्तबीच लामो समयदेखि चलिरहेको जग्गा विवाद रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077