Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रुसबाट युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा : चार जनाको मृत्यु, भौतिक संरचनाहरू ध्वस्त

    रुसबाट युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा : चार जनाको मृत्यु, भौतिक संरचनाहरू ध्वस्त

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 858
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ । सोमबार रुसले उर्जा तथा अन्य भौतिक संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरेको हो ।

    आक्रमणमा परेर चार जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनले कम्तिमा ७० वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने रुसले १७ वटा निशानामा प्रहार गरेको जनाएको छ ।



    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट छिमेकी मोल्दोभामा पनि विजुली आपूर्तिमा समस्या आएको बताए । जेलेन्स्कीले रुसी आक्रमण युक्रेनमा मात्रै नभई त्यस क्षेत्रमै विस्तार भईरहेको दाबी गरे ।



    रुसले नयाँ हमला गर्दैछ भन्ने हल्ला चलिरहेको बेला रुसभित्र वायु सेनाका दुई वटा आधार शिविरमा बम विष्फोट भएलगत्तै रुसले युक्रेनमाथि क्षेप्यास्त्र बर्षाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार