Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुवन केसीले अध्यक्षको हैसियतले कामकाज गर्न पाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई अध्यक्षको हैसियतमा कामकाज गर्न बाटो खुल्ला भएको छ ।

केसीमाथि योग्यताको प्रश्न उठाउदै परेको रिटमाथि सुनुवाई गर्दै गत साउन ३० गते सर्वोच्च अदालतले अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालिन आदेश जारी गरेको थियो ।

आज न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो । आदेशसँगै केसीको विकास बोर्डको अध्यक्षको हैसियतमा काम गर्न तत्काललाई बाटो खुलेको हो ।

विकास बोर्डको अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था भए पनि केसी स्नातक उत्तीर्ण नभएको भन्दै नरेशकुमार पौड्यालसहित ५ जनाले रिट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077