Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै आयोगमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको साधारण सदस्यता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजरी परेको छ ।

समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

पौडेलले संविधानको धारा १७ (क) उधृत गर्दै भनेका छन्, ‘ नेपाली नागरिकता नै नभएका रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवम् सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको

सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु । ’

पौडेलले सोमबार आयोगमा निवेदन दिँदै कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा आफ्नो कुनै आपत्ति नरहेको समेत प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077