Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता, भावी राजनीतिक यात्राबारे छलफल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

नेकपा एमाले त्याग्दै रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएर पराजित नेता भुसाल र नेपालबीच आइतवार कोटेश्वरमा भेटवार्ता भएको हो ।

भेटमा घनश्यामले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा विजयी भएकोमा बधाई दिएका थिए । यस्तै दुई नेताबीच भावी राजनीतिक यात्राबारे कुराकानी भएको बताइएको छ ।

नेकपाको अन्तरसंघर्ष र त्यसअघिदेखि माधव नेपाल समूहमा रहेका भुसाल १० बुँदे सम्झौता गरेर एमालेमै रहेका थिए । चुनावी परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077