Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमाथि बंगलादेशको रोमाञ्चक जित

एजेन्सी । बंगलादेशले भारतमाथि आइतबारको पहिलो वान-डे क्रिकेटमा रोमाञ्चक जित निकालेको छ ।

ढाकामा भएको रोमाञ्चक खेलमा बङ्गलादेशले भारतलाई एक विकेटले पराजित गरेको हो । भारतले दिएको एक सय ८७ रनको लक्ष्य बङ्गलादेशले ४६ ओभरमा नौ विकेट गुमाएर भेटायो ।

बङ्गलादेशका लागि लिटन दासले ४४, मेहदी हसनले नटआउट ३८ रन बनाए । बलिङतर्फ भारतका मोहमम्द सिराजले तीन तथा कुलदीप सेन र वाशिङ्टन सुन्दरले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत ४१ ओभर २ बलमा एक सय ८६ रन बनाउँदा अलआउट भयो ।

भारतका लागि केएल राहुलले ७३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसनले पाँच र इबादत होसैनले चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077