काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा दुईजनाविरुद्ध आरोपत्र दायर गरेको छ।
ओखलढुंगा पूर्वाधार विकास कार्यालयका ल्याब टेक्निसियन राम एकवाल यादव र कैलालीमा उच्चमाध्यमिक विद्यालय संयोजक मधुरा चौधरीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
दुवैजनाले सरकारी सेवाको लाभ लिने उद्देश्यले नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरेको अख्तियारले जनाए जनाएको छ ।
चौधरीले नक्कली प्रमाणपत्र पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भएको र यादव ल्याब टेक्निसियन पदमा करार सेवामा काम गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।