विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन्।
आइतबार दिउँसो विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । उनले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए।
यादवले भने, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ ।’
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। आफ्नो पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने यादवको भनाइ छ।
Leave a Reply