Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्यका लागि सबै विकल्प खुला राख्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।

कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, सरकार गठन लगायत विषयमा छलफल गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077