Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीका लागि देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँमा उभिएका छन् ।

१४ औं महाधिवेशनमा फरकफरक कित्तामा रहेर निर्वाचित विश्वप्रकाश शर्मा र गगन थापा संसदीय दलको नेताका लागि एकै ठाउँमा उभिने भएका हुन् ।

सभापति देउवासहितका पुराना नेताहरूप्रति जनस्तरमा वितृष्णा देखिएको अवस्थामा आगामी सरकारको नेतृत्वका लागि युवा नेताहरू एक भएर अघि बढ्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

अबको नेतृत्व युवा पुस्तामा आउनुपर्ने र नयाँ योजनासहित जनभावनाअनुसार सरकार हाँक्ने अठोटका साथ दुई महामन्त्री एक ठाउँमा उभिएर सकारात्मक सन्देश दिएको कांग्रेसका दोस्रो पुस्ताका नेताहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077