Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सकियो

काठमाडौं । क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

बिहिबार ११ बजेदेखी नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन उडान सञ्चालन गरेको थियो । मध्यान्ह १ बजे क्यालिब्र्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ ।

क्यालिब्रेशनका कारण आधा घण्टादेखि ४५ मिनेटसम्म उडान र अवतरण प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले क्यालिब्रेसन उडान सम्पन्न गरेको छ । क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडिन उपकरणले काम गरे नगरेको परीक्षण गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077