Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • शेयर बजार ११ अंकले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

    शेयर बजार ११ अंकले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 954
    SHARES

    फाइल फोटो

    काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.२२ अंक बढेको छ ।

    सो अंकको वृद्धिपछि नेप्से १९६१ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । बुधबार ८४ करोडको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको भयो ।



    आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ४१ वटा कम्पनीकाे ३८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ ।



    सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    नेप्से परिसूचक बढेकाे दिन धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार