Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका कार्यालय प्रमुख राजेन्द्र प्रसाद पाण्डेसहित ६ जनाबिरुद्ध मुद्धा दायर गरेको छ ।

सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय,

दाङ घोराहीबाट रकम विनियोजन गर्दा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले तत्कालीन डिभिजनल इन्जिनियर पाण्डे, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सव–इन्जिनियर नारायण ओली, रिखेवगर,

गैरीकटेरी, बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री र सचिव लालबहादुर केसीलाई विपक्षी बनाएको छ ।

आयोजनाको आफू अनुकूल इष्टिमेट परिवर्तन गरी सडक निर्माणमा रकम हिनामिना गरेको अख्तियारको दाबी छ ।

रिटमा उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमानविपरीत भेरिएशन स्वीकृत नगरी आफूखुशी जथाभावी निर्माण कार्य गरी/गराई ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

अख्तियारले सोही बराबरको बिगो र जरिबाना असुल उपर गर्नुपर्ने माग दाबी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077