सुनसरी। सुनसरीको दुहबीमा नेकपा एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।
विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि त्यहाँ दुवै पक्षबीच झडप भएको हो । जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका-९ छाताबेलीमा झडपसमेत भएको छ ।
एक्कासी ढुंगामुढा भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले सो क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।