Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्काको नाममा लाइसेन्सको परीक्षा दिने मण्डल पक्राउ

काठमाडौं । प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा दिने एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौंको दक्षिणढोकास्थित परक्षिा केन्द्रबाट धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डललाई पक्राउ गरेमो हो ।

आरोपी बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका हुन् ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077