Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसदमा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ ।

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो ।

मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ ।

समानुपातिकतर्फ हेर्दा कांग्रेस ३२ सिटको हाराहारीमा आउने अनुमान छ । यो सबै गर्दा कांग्रेसको ८५ सिटको आसपास पुग्ने देखिन्छ ।

यसअघि २९७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कूल ६३ सिट जितेको थियो । त्यसबखत कांग्रेस संसद्मा दोस्रो दलको हैसियतमा रहन पुग्दा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077